चालु युरोकप फुटबल आफ्नो देशले जितोस् भन्दै एक जर्मन मोडेल केही दिन अघि नांगिएको खबर हामीले प्रस्तुत गरेका थियौँ ।

युरोकपको ज्वरोले ती मोडेललाई मात्र होइन अरु धेरैलाई चौपट पारिसकेको छ ।

युरोकपमा आफ्नो टोलीलाई हौसाउन भन्दै एक आयरल्याण्डका एक युवा समर्थकले रंगशालामै महिलाहरुको स्तन चुसेका छन् ।

इयामोन कीगन नामका ती युवा विद्यार्थीले क्रोयसियाकी एक महिलाको स्तन चुसिरहेको दृश्य इन्टरनेट मार्फत सार्वजनिक भएपछि त्यसले ठूलो चर्चा पाएको छ ।

उनले क्रोयसिया विरुद्धको खेलका क्रममा रंगशालामा विपक्षी समर्थक महिलाकै स्तन चुसेपछि त्यसले चर्चा पाएको हो ।

यद्यपि उक्त खेलमा आयरल्याण्डले ३-१ ले खेल हार्यो, तथापि ती युवकको साहसले भने वाहवाही पाएको छ । उनले यदि आफुलाई रंगशालामा बाधा नपारिएमा स्पेन विरुद्धको खेलमा पनि त्यस्तै गर्ने बताएका छन् ।

आफ्नो त्यस्तो कामको बचाउ गर्दै उनले भनेका छन्, मैले त्यसो नगर्नु भनेको देशलाई ओरालो लगाउनु हो ।

उनको उक्त कामको आयरल्याण्डका खेलाडिले मात्र नभै इटालीका फुटबलर मारियो बालाटोलीले समेत प्रसंसा गरेका छन् ।

हुनत आयरल्याण्ड र क्रोयसियाबीचको उक्त खेलका क्रममा स्तनमा धावा बोल्ने काममा केवल कीगन मात्र एक्ला थिएनन् ।

एक जना क्रोयसियाली युवकले पनि मुखमा चुरोट चेँपेर दुइ हातले दुइ युवतीको वक्षस्थल निचोरीरहेका थिए ।